दिल्लीमा अत्यन्तै खराब वायु प्रदूषण

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

भारतको राजधानी नयाँदिल्लीमा सोमबारको वायु प्रदूषण ‘अत्यन्तै खराब’ मापन भएको छ । दिल्लीमा हरेक वर्ष जाडोयाम सुरू भएसँगै वायु प्रदूषणको समस्या दोहोरिने गरेको छ ।केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार सकुरपुर र वरपरका क्षेत्रमा प्रदूषणको तह ‘अति खराब’ अर्थात् एक्यूआई ३४६ रेकर्ड भएको छ । त्यस्तै आनन्द विहार क्षेत्रमा प्रदूषणस्तर ३ सय भन्दामाथि पुगेको छ । इन्डिया गेट वरपरका क्षेत्रमा एक्यूआईको तह ३०९ रेकर्ड भएको छ भने सफदरजं‌गमा ३०७ रेकर्ड गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री आतिशी मार्लेनाले वातावरणमन्त्री गोपाल रायसँगै आनन्द विहारको भ्रमण गरेकी छन् । त्यस क्रममा आतिशीले प्रदूषण नियन्त्रण गर्ने प्रयासको अनुगमन गर्नुका साथै आनन्द विहार क्षेत्रमा उच्च वायु प्रदूषण हुनुको कारणबारे पनि छलफल गरेकी छन् ।चिसो मौसम, पुराना गाडीहरूबाट निस्केको धूवाँ र धूलोका कारण वायुको गुणस्तर बिग्रेको जनाइएको छ । भारतका नदीहरूमा प्रदूषण स्तर बढ्दै जाँदा यमुना नदीमा विषाक्त फोम तैरिरहेको देखिएको छ । साबुन, डिटर्जेन्ट र अन्य प्रदूषित सामग्री नदीमा मिसिएको जनाइएकाे छ ।

यसैबीच, काठमाडौँमा पनि वायुको स्तर खस्कँदै गइरहेको एअर क्वालिटी इन्डेक्सले देखाएको छ । एअर क्वालिटी इन्डेक्सका अनुसार सोमबार दिउँसो काठमाडाै‌ंमा वायुको गुणस्तर एक्यूआई १२१ मापन भएको छ । सोमबार बिहान सवा १० बजे काठमाडाैंकाे वायुको गुणस्तर सूचकांक १४२, ललितपुरको १५७ र भक्तपुरको १३७ मापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *