आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा […]

Continue Reading

पेनाल्टी सुटआउटमा पराजित हुँदा नेपाल एसियन कपमा पुग्न असफल

एसियन कप २०२६ छनोट अन्तर्गतको निर्णायक खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ को हारसँगै नेपाली महिला फुटबल टोली प्रतियोगिताबाट बाहिरिएको छ। निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो। तर, निर्णायक क्षणमा नेपाली टोली दबाबमा चुक्दा उज्बेकिस्तान विजयी बन्दै अर्को चरणमा पुगेको छ। खेलमा नेपालका लागि सावित्रा भण्डारीले शानदार प्रदर्शन गर्दै […]

Continue Reading

एसिसी यू-१६ कपको उपाधि नेपाललाई

नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मलेसियाको युकेएम ओभलमा शनिबार सम्पन्न फाइनलमा सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । सिङ्गापुरले दिएको एक सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि जोय थापा र अभय यादव अविजित रहँदै क्रमशः २४ […]

Continue Reading

एसिसी यु–१६ कप : फाइनलमा आज नेपालले सिङ्गापुरसंग भिड्दै

साविक विजेता नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा  आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्नेभएको छ । बिहीबार भएको सेमिफाइनल खेलमा सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियाे  । यसअघि बिहीबारनै भएको सेमि फाइनल खेलमा नेपालले  घरेलु टाेली मलेसियालाई नौ विकेटले हराएर फाइनलमा पुगेको हाे  । जितका लागि मलेसियाले दिएको […]

Continue Reading

शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा  विश्वमै दुर्लभ सुनौलो तोप चराको गणना सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गणनाको कार्य सुरु गरिएको हो । निकुञ्ज र विसिएनका आठ जनाको प्राविधिक टोलीले निकुञ्ज क्षेत्रमा पाँच दिनसम्म सुनौलो तोप चराको गणनाको कार्य गर्नेछ । “वाइनाकुलर, क्यामेरा, दुरबिन, जिपिएस लगायतको मद्दतले गणनाको […]

Continue Reading

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल आज मलेसियासँग सेमिफाइनल खेल्दै

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल विहान पौने ८ बजे सेलांगर टर्फ क्लबमा सुरु हुनेछ । समूह ए विजेता बनेको नेपालले सिंगापुर, जापान, इन्डोनेसिया र अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । मलेसिया भने समूह बी को उपविजेता हो, जसले माल्दिभ्स, थाइल्याण्ड […]

Continue Reading

सिद्धबाबा सुरुङमार्गमा सकियो ‘इन्भर्ट’ निर्माणको काम

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम  सकिएको छ। मुख्य टनेलको कुल एक हजार ०८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिइन। ‘इन्भर्ट निर्माणको काम हिजाे बुधबारदेखि सकिएको छ। ‘लाइनिङ’को काम धमाधम अगाडि बढाइरहेका छौं। हालसम्म लाइनिङको काम ८३४ मिटर सकिएको छ,’ उनले भनिन । सिद्धार्थ […]

Continue Reading

नेपालको सानदार जित, श्रीलंका ८-० ले पराजित

एएफसी महिला एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ। उज्वेकिस्तानमा भएको खेलमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक पूरा गर्दा अन्य पाँच खेलाडीले गोल गरे। खेलको सुरुवाती अग्रता नेपालले गीता रानाको गोलबाट लिएको थियो। त्यसपछि कप्तान सावित्रा भण्डारीले २० औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर […]

Continue Reading

विम्बल्डनमा सबालेन्काको जित

विम्बल्डन टेनिसको महिलातर्फ बेलारुसकी सबालेन्काले पहिलो खेलमा क्यानेडियन छनोट खेलाडी कार्सन ब्रान्स्टाइनलाई ६–१, ७–५ ले पराजित गरेकी छन् ।  २७ वर्षीया सबालेन्का तीन पटककी ग्रान्ड स्लाम च्याम्पियन हुन् । तर अल इंग्ल्याण्ड क्लबमा उनी सेमिफाइनलभन्दा माथि पुग्न सकेकी छैनन् । महिलातर्फ शीर्ष वरीयताकी सबालेन्का जितसँगै दोस्रो चरणमा पुगेकी छन् । उनी यस वर्ष अस्ट्रेलियन र फ्रेन्च ओपनको फाइनलमा भोगेको […]

Continue Reading

भारतिय अभिनेत्री शेफालीको मृत्युको कारण ‘बुढ्यौली प्रतिरोधी सुई’

शनिवार बिहानीपख आफ्नो घरमा बेहोस भएकी भारतिय अभिनेत्री तथा मोडेल शेफाली जरीवालाको मृत्युको कारणबारेकाे प्रारम्भिक फोरेन्सिक रिपोर्ट आएको छ । प्रहरीले  सो रिपोर्ट सार्वजनिक गरेको हाे  ।  अभिनेत्रीको शनिवार साँझ अन्तिम संस्कार गरियो । आइतबार उनको पोस्ट मार्टम रिपोर्ट आएको हो । ढल्कँदो उमेर अर्थात् बुढ्यौली (एन्टी एज) प्रतिरोध गर्ने औषधिको सुई लगाएकी यी अभिनेत्रीको […]

Continue Reading