३२ वर्षपछि अमेरिकामा फेरि विश्वकप: १९९४ र २०२६ बीच के-के बदलियो?

अमेरिकामा दोस्रोपटक फिफा विश्वकप प्रतियोगिता आयोजना भएको हो । अमेरिकाले पहिलोपटक १९९४ मा विश्वकपको सफल आयोजना गरेको थियो । त्यस विश्वकपमा ब्राजिलले उपाधि जितेको थियो । फाइनलमा रोबर्ट बाजियोले पेनाल्टी मिस गरेपछि ब्राजिलले इटालीलाई हराएर चौथोपटक उपाधि जित्त सफल भएको थियो । अहिले ३२ वर्षपछि फेरि विश्वकप अमेरिकामा आयोजना भएको छ । यसपालिको संस्करण आकार, […]

Continue Reading

मनसुन आगमन केही दिन ढिलो

जल तथा मौसम विज्ञान विभागले यो वर्ष नेपालमा मनसुन आगमन अझै केही दिन ढिलो हुने बताएको छ । विभागका प्रवक्ता विभूति पोखरेलले सोमबार साँझ मनसुन आगमन सम्बन्धमा विज्ञप्ति जारी गर्दै नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने गरेको भन्दै नेपालमा हालसम्म मनसुनको आगमन नभएको बताए  । भू–उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणको आधारमा […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ। आइतबार पनि सोही खरिदबिक्री मूल्य कायम थियो। यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७० पैसा र बिक्रीदर […]

Continue Reading

भारतले सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा गौर डुबानको जोखिममा

रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको छ। सीमा क्षेत्रको दशगजा वा त्यसको नजिक दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने नियम भए पनि भारतीय पक्षले बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको हो। छिमेकी देशको […]

Continue Reading

बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी

गत २०८१ साल असोजमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुण्डेवेशी–नेपालथोक खण्डमा असार १५ गतेभित्रै सडक किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । सडक डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सनले दुख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणधिन सडकबाटै सवारी साधन सुचारु गर्न लागेको हो । सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशकाअनुसार, सामान्य वर्षा हुँदा […]

Continue Reading

धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सम्बन्धबिच्छेद गरेको धवल शमशेर राणा समूह र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियान मिलेर नयाँ राजनीतिक पार्टी घोषणाको तयारी तीव्र पारेका छन्। ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईं र राणा समूहबिच नयाँ दल निर्माणका लागि भइरहेको पूर्व–तयारीबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरियाे । नयाँ […]

Continue Reading

आजकाे माैसमः देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा तातो दिन हुन सक्ने

आज  देशको हिमाली भू-भागमा साथै कोशी प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। देशको पहाडी भू-भागमा तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा […]

Continue Reading

नेपालदेखि युरोपसम्म जोड्ने रेल सञ्जालमार्ग योजना सुस्त

नेपालले ट्रान्स–एसियन रेलवे (टिएआर) नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लागेको छ । द्रुत रेलमार्गको सपना देख्न थालिएको छ । तर एसिया युरोपसम्मको रेलयात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम सुस्त छ । नेपालमा अहिलेसम्म जनकपुर–जयनगर र रक्सौल–सिरसियामा मात्र सीमित रेल सञ्चालनमा छ । ‘ट्रान्स–एसियन रेलवे नेटवर्क’ एसिया र युरोपका विभिन्न […]

Continue Reading

जापान र नेदरल्यान्डकाे खेल २–२ को बराबरीमा सकियाे

विश्वकप समूह ‘एफ’ को खेलमा एसियाली मुलुक जापान र नेदरल्यान्डबीच खेल २–२ गोलको बराबरीमा सकिएको छ । अमेरिकाको डल्लास स्टेडियममा नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा अन्तिम समयमा गोल फर्काएर जापान हारबाट जोगिएको हो । मध्यान्तरअघिसम्म गोल नभइ सकिएको खेलमा रोचक प्रतिस्पर्धा भएको थियो । खेलको ५० औं मिनेटमा रायन ग्रेभनबर्चको पासमा डिफेन्टर भर्जिल भान […]

Continue Reading

भारतीय सैनिक हेलिकोप्टर बिनाअनुमति नेपाली आकाशमा

२७ जेठ बिहान १० बजे एउटा हेलिकोप्टर दार्चुला क्षेत्र हुँदै उड्यो । स्थानीय र प्रशासनका अनुसार उक्त हेलिकोप्टर भारतीय सेनाको हो । दार्चुलास्थित सुरक्षास्रोतका अनुसार उक्त हेलिकोप्टर नेपाल सरकारको पूर्वअनुमति नलिएरै नेपाली आकाशमा पसेको थियो । दार्चुलाका सहायक प्रजिअ मोहनसिंह धामीले कान्तिपुरसँग भने, ‘भारतीय सैनिक हेलिकोप्टर अनुमति बेगरै नेपाली आकाश हुँदै कालापानी गएको पाइयो ।’ कालापानीसहित लिम्पियाधुरा र लिपुलेख क्षेत्र भारतीय […]

Continue Reading