प्रतिपक्षमा बस्ने नागरिक उन्मुक्तिको घोषणा राजीनामा दिँदै मन्त्री चौधरी

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

केपी शर्मा ओली नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन राज्यमन्त्री रहेका अरुणकुमार चौधरीले राजीनामा दिने भएका छन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट राज्यमन्त्री रहेका चौधरीले प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि राजीनामा दिने भएका हुन्। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भनिन्, ‘मन्त्रीले राजीनामा दिनुहुन्छ, हामी संसद्‌मा प्रतिपक्षमा बस्छौँ । प्रधानमन्त्रीज्यू बाहिर हुनुहुन्छ, उहाँ फर्किनुभएपछि मन्त्रीको राजीनामा जान्छ।’

पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमल शाहले बर्खास्त गरेपछि चिढिएको नागरिक उन्मुक्तिले सङ्घीय सरकारबाट समेत बाहिरिने निष्कर्षमा पुगेको हो।

‘सङ्घ र प्रदेश दुबैतिर अब हामी प्रतिपक्षमा बस्छौँ। संरक्षकज्यूसँग पनि सल्लाह भयो,’ अध्यक्ष रञ्जिताले भनिन्, ‘२३ गतेको सदनबाट हामी प्रतिपक्षमा बस्छौँ।’ पार्टीका संरक्षक रेशम चौधरीले पनि प्रतिपक्षमा बस्ने कुरा सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्। ‘अब हामी पनि प्रतिपक्षमा बस्छौँ,’ चौधरीले लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *