नेपाल आज लाओससँग खेल्दै

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

एएफसी महिला एसियन कप छनोट खेल आजदेखि उज्वेकिस्तानमा सुरु हुँदैछ। नेपालले, आइतबार नै लाओससँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ। खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ। यो नेपाली महिला फुटबल टिमको एक सयौं अन्तराष्ट्रिय खेल पनि हो।

छनोटमा नेपाल, उज्वेकिस्तान, लाओस र श्रीलङ्का गरी चार टिमको सहभागिता छ। शनिबार भएको प्रि–म्याच कन्फरेन्समा सबै टिमले शीर्ष स्थानमा रहने लक्ष्य रहेको उल्लेख गरे। नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले , प्रतियोगितामा सबैले राम्रो फुटबल खेलुन् भन्ने चाहना रहेको प्रतिक्रिया दिए।

उनले आफनो टिम नै समूह विजेता बन्ने विश्वास गर्दै माथिल्लो स्तरको प्रतिस्पर्धाको अपेक्षा गरेका छन् । सबै चारै टिमले राम्रो तयारी गरेको पनि उनको भनाइ थियो। सावित्रा भन्डारी, रेखा पौडेल, रेनुका नगरकोटी, प्रिती राई, सविता राना मगर, सरु लिम्बु, एन्जीला तुम्बापो सुब्बा लगायतको नेपाली टिम सन्तुलित छ।

छनोट खेलमा नेपाली टिमको कप्तानी कसले गर्छ भन्ने पनि चासो छ। अखिल नेपाल फुटवल संघले अहिलेसम्म कप्तानको नाम सार्वजनिक गरेको छैन। यसअघि गोलकिपर एन्जीलाले कप्तानको आर्म ब्यान्ड लगाउँदै आएकी थिइन्। उनको अनुपस्थितिमा सिनियर खेलाडी रेनुकाले नेतृत्व गर्ने गर्छिन्।

डी वाइल्डको नेपाली महिला टिमको प्रशिक्षकका रुपमा लाओससँगको खेल डेब्यु हुनेछ। महिला फुटबलमा नेपाल र लाओस पहिलोपटक आमनेसामने हुन लागेका हुन्। फिफा वरियताका आधारमा लाओस नेपालभन्दा पछि छ। नेपाल एक सय र लाओस एक सय सातौं स्थानमा छ।

तालिकाको शीर्ष स्थानमा रहने टिम मात्र अर्को वर्ष अस्ट्रेलियामा हुने फाइनल चरणका लागि छनोट हुनेछ। पहिलो भए फिफा विश्वकप र ओलम्पिक छनोट खेलको पनि बाटो खुल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *