रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न जिल्ला अदालतको आदेश

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जिल्ला अदालत काठमाडौंले रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाई ३ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । अदालतको आदेशानुसार, धरौटी बुझाएर आजै रिहा हुने तयारीमा मिश्र लागेका छन् ।

तीनकुने घटनाका अर्का आरोपी राप्रपाका महामन्त्री धवल शम्शेर राणा पनि अदालतको आदेशानुसार सोमबार ३ लाख धरौटी बुझाएर छुटेका थिए ।  सोही घटनाका आरोपी मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भने अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *