क्षेप्यास्त्र प्रहार भएको भवन पुगेर नेतन्याहूको चेतावनी : इरानले ‘ठूलो मूल्य’ चुकाउनुपर्छ

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली नागरिकको हत्याका लागि इरानले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन्। तेल अभिभ नजिकैको तटीय शहर बट याममा रहेको आवासीय भवनमा क्षेप्यास्त्र प्रहार भएको स्थलको भ्रमणमा उनले भने, ‘इरानले नागरिक, महिला र बालबालिकाको सुनियोजित हत्याका लागि ठूलो मूल्य चुकाउनु पर्नेछ।’

इरानले शनिबार राति र आइतबार बिहान इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणमा १० जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको इजरायली सञ्चारमाध्यमले जनाएका छन्।

इजरायलको हवाई प्रतिरक्षा प्रणाली छल्दै छिरेका क्षेप्यास्त्रले बट याम, तेल अभिभ र देशको उत्तरी क्षेत्रमा क्षति पुर्‍याएको छ। इजरायलको सैन्य सेन्सरसिपले पत्रकारलाई देशभित्र क्षेप्यास्त्र प्रहारको फुटेज र स्थान सार्वजनिक गर्न रोक लगाएको छ।

नेतन्याहूले शुक्रबार बिहानदेखि इरानका सैन्य र आणविक स्थलमा गरिएको आक्रमणको सङ्केत गर्दै भने, ‘इजरायलले यो अभियान सञ्चालन गर्नु जरुरी थियो।’

‘राइजिङ लायन’ नामको यो अभियानको उद्देश्य इरानलाई आणविक हतियार बनाउनबाट रोक्नु हो। इजरायली सेनाले २५० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको जनाएको छ।

नेतन्याहूले इरानको आणविक कार्यक्रम र ब्यालेस्टिक क्षेप्यास्त्र क्षमतातर्फ सङ्केत गर्दै भने, ‘हामी हाम्रा सबै उद्देश्य पूरा गर्नेछौँ र दोहोरो अस्तित्वको खतरालाई अन्त्य गर्नेछौँ।’ एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *