मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाह निलम्बनमा परेपछि निलम्वन हुने सासदकाे संख्या तिन पुगेकाेछ । निलम्बितमा पर्ने अन्य दुई जना मा धनुषाका दिपेन्द्रकुमार ठाकुर र महोत्तरीका अभिराम शर्मा छन । कुशवाहा निलम्बन भएको प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धानको निलम्बनसम्बन्धी पत्र पढेर सुनाएका थिए ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४(२) बाट निर्वाचित सिंह बिहीबार काठमाडौँको अनामनगरबाट पक्राउ परेका थिए ।
विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम नीजि सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उनका सचिव कायस्थ महोत्तरीबाटै केही दिनअघि पक्राउ परिसकेका छन ।
यस अघि भवन निर्माणमा अनियमितता गरेको आरोपमा सत्तारुढ नेकपा (एमाले)का मधेश प्रदेश सांसद दिपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
ठाकुरसहितलाई प्रतिवादी बनाएर जेठ २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । ठाकुर धनुषा ३(२) बाट निर्वाचित सांसद हुन । उनि मधेश प्रदेशसभामा एमाले संसदीय दलका उपनेता पनि हुन । भ्रष्टाचारको मुद्दा लागेसँगै उनको सांसद पद निलम्बनमा परेको छ ।
त्यसैगरी २०८० मङ्सिर २८ गते लोसपाका मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका अभिराम शर्मासहित सात जनालाई जिल्ला अदालत महोत्तरीले जन्म कैदको सजाय सुनाए पछि २०८१ वैशाख १८ गतेदेखि निलम्बन गरिएको थियो । शर्मालाई सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संग्लन रहेको भन्दै अदालतले जन्मकैदको सजाय सुनाएको हो ।
यसरी मधेश प्रदेशसभामा एक सय सात जना सांसद रहेकोमा तीन जना निलम्बनमा परेपछि हाल १०४ प्रदेशसभा सदस्य कायम भएका छन् ।
