आफूलाई राजनैतिक रूपमा सिध्याउन ओलीले षड्यन्त्र गरेको माधव नेपालको आराेप

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूलाई राजनीतिक रूपमा सिध्याउन प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सुनियोजित रूपमा षड्यन्त्रमा उत्रिएकाे आराेप लगाएका छन  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनकाे याे पछिल्लाे धारणा सार्वजिनक भएकाे हाे ।

गृह जिल्ला रौतहटमा विकास योजना अनुगमनकै क्रममा बिहीबार आफूमाथि भ्रष्टाचार मुद्दा दायर भएको खबरले स्तब्ध बनेका नेपालले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गर्दै कानुनी र राजनीतिक दुवै मोर्चाबाट सशक्त प्रतिवाद गर्ने बताएका हुन्। जेठको प्रचण्ड गर्मीमा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग विकास निर्माणका विषयमा संवाद गरिरहेका बेला बज्रपात सरह आइलागेको विशेष अदालतमा मुद्दा दर्ताको खबरले केहीबेर उनी विचलित देखिएका थिए।

अध्यक्ष नेपालले तत्काल सञ्चारकर्मीहरूसमक्ष सरकारप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिए। उनले यो प्रकरणलाई राजनीतिक प्रतिशोधको पराकाष्ठा भन्दै आफ्नो इमान्दार छविमाथि प्रहार गर्दै राजनीतिक यात्रामा पूर्णविराम लगाउने कुत्सित खेल र बदनियतपूर्ण चाल भएको आरोप लगाए। जसको तार सिधै बालुवाटारसँग जोडिएको उनको स्पष्ट संकेत थियो।

काभ्रेस्थित पतञ्जलि योगपीठ नेपाललाई हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने तत्कालीन मन्त्रिपरिषद्को निर्णय विशुद्ध नीतिगत र असल नियतले गरिएको र आफ्नो कुनै अनुचित निर्देशन वा आर्थिक लेनदेन नरहेको उनकाे दावि थियाे । ‘मैले कुनै मन्त्रीलाई अनुचित काम गर्न निर्देशनसम्म दिएको छैन। दबाब दिने कुरा त परै जाओस्। यदि कुनै प्रमाण छ भने पेश गरियोस्।’ अध्यक्ष नेपालले भनेका थिए।

उनले स्वामी रामदेव र आचार्य बालकृष्णजस्ता व्यक्तित्वहरू संलग्न रहेको र नेपालमा योग तथा आयुर्वेदको प्रवर्द्धन गर्ने सकारात्मक उद्देश्यले उक्त निर्णय लिइएको उनकाे भनाइ छ ।

‘स्वामी रामदेव र आचार्य बालकृष्णजस्ता व्यक्तित्वहरूले नेपालमा योगको प्रचारप्रसारका साथै आयुर्वेदिक औषधिहरूको उत्पादन होओस् भन्ने सकारात्मक उद्देश्य लिएर उक्त निर्णय लिइएको थियो। असल नियतका साथ लाग्ने कुराहरूमा मेरो साथ, सहयोग र समर्थन रहन्छ तर त्यो गर्दाखेरि पनि नियम, कानुन, विधिको सम्मान गर्नुपर्छ, पालन गर्नुपर्छ।’

उनले सरकारी जग्गा अनुचित रुपमा नदिइएको समेत जिकिर गरे। कुनै प्रक्रियागत त्रुटि भएको वा आवश्यकताले गर्दा हदबन्दीभन्दा बढी जग्गा दिइएको भए त्यो उचित नहुने बताउँदै उनले ती जग्गाहरू फिर्ता लिनु सकिने तर्फ जोड दिए। असल नियतले गरेको कामलाई ‘कुनै अपराध गरेको, बदमासी गरेको, नियत खराब भएको’   रुपमा लिन नहुने नेता नेपाल बताउँछन्।

‘नबिराउनु नडराउनु’ आफ्नो आदर्श रहेको दोहोर्‍याउँदै अध्यक्ष नेपालले कानुनविद्सँगको परामर्शपछि कानुनी प्रक्रियाको सामना गर्न आफू तयार रहेको र न्यायप्रति पूर्ण विश्वास रहेको बताए । ‘न्यायभन्दा ठूलो कुरो केही हुँदैन, सत्यभन्दा ठूलो कुरो केही हुँदैन,’ उनले भनेका थिए।’

तर तत्कालिन मन्त्री प्रेमवहादर सिहले प्रधानमन्त्री नेपालकाे निदेर्शनमा उत्त बिषयमा निर्णय गरेकाे अख्तियारमा वयान दिइ सकेकाे हुदा मुद्दा पेचिलाे हुने देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *