ऐतिहासिक ‘सिन्धुलीगढी युद्ध’ प्रकाशित

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

 राष्टिय एकताका प्रतिक पृथ्वीनारायण शाहको नेतृत्वमा अंग्रेजसँग भएको ऐतिहासिक सिन्धुलीगढी युद्धको विषयमा चैतन्य प्रधानद्वारा लिखित ऐतिहासिक उपन्यास सिन्धुलीगढी युद्ध’को विमोचन गरिएको छ । श्री १००८ विश्वमोहिनी विष्णु कोइरालाले काठमाडाैमा पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा डा. सुरेन्द्र भण्डारी, वरिष्ठ पत्रकार प्रेम कैदी, डा. प्रेम सिंह बस्न्यात लगायतले पृथ्वीनारायण शाहको रणनीति, रणकौशलबारे चर्चा गरेका थिए।

सिन्धुलीगढी युद्धमा गोरखालीको  योगदान र महत्वबारे कार्यक्रममा बृहत अन्तरक्रिया गरिएको थियो । पुस्तकका लेखक चैतन्य प्रधानले हिमवतखण्डमा लुकेर बसेका अनेकौं बाइसे र चौबिसे राज्यहरुलाई किन एकीकरण गर्न आवश्यक पर्‍यो र गुरु गोरखनाथको प्रेरणा र आशीर्वादले पृथ्वीनारायण शाहले कसरी एकीकरण गरे, पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गर्दा बाघभैरवको कारणले लिन सकेन र पछि कसरी बाघभैरवलाई मनाई लिन सफल भए भन्ने विषय लगायत अनेक ऐतिहासिक विषय पुस्तकमा रहेका चर्चा गरेका थिए ।

पुस्तकले पृथ्वीनारायण शाहकालीन इतिहास बुझ्‌न महत्वपूर्ण सहयोग पुग्ने चर्चा त्यस अवसरमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *