नारायणहिटीसहित यी क्षेत्रमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला निषेध

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राजावादीको आन्दोलनलाई ध्यानमा राखेर सरकारले नारायणहिटी दरबार संग्रहालयवरपरका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौंका केही क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गर्ने आदेश जारी गरेका हुन्।

जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार शनिबारदेखि असार २४ गतेसम्म नारायणहिटी दरबार संग्रहालय क्षेत्र, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै संग्रहालयको दक्षिण गेटसम्म प्रदर्शन तथा विरोधका कार्यक्रम निषेध गरिएको छ।

यस आदेशसँगै प्रशासनले निषेधित क्षेत्रभित्र कुनै प्रकारको सभा तथा जुलुस नगर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *