रुसले युक्रेनमाथि हवाइ आक्रमण सुरु गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रोस व्यक्त गरेका छन्। ट्रम्प सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आक्रामक देखिएका छन्। उनले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको समेत बताएका छन्।
ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमार्फत् ‘जब युक्रेनी नागरिकहरू लगातार तेस्रो रात रूसी हवाइ आक्रमणका कारण निद्राबाट ब्युँझिए, तब उनीहरूले घण्टौँसम्म ड्रोनको गुन्जन र युक्रेनी वायु प्रतिरक्षा प्रणालीको बिष्फोटको आवाज सुने’ भनेर लेखेका छन्।
रोयटर्सले युक्रेनी वायु सेनाले रूसी सेनाले रातभरि ३५५ वटा ड्रोन र ९ वटा क्रुज मिसाइल प्रक्षेपण गरेको उल्लेख गरेको गर्दै यो युद्धको क्रममा हालसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको वायु सेना प्रवक्ताले बताएको उल्लेख गरेको छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको एक टुक्रा होइन, सिंगो युक्रेन नै चाहिएको भन्दै लेखेका छन्, ‘यदी उनले त्यस्तो गरेभने उनी अधोगतीतर्फ जानेछन् ।’ ट्रम्पले युक्रेनी राष्ट्रपतिबारे पनि टिप्पणी गरेका छन् । उनले लेखेका छन, ‘उनी आफ्नै शैलीले देशको कुनै भलाइ गरिरहेका छैनन् ।
उनी जे बोल्छन् त्यसले समस्या निम्त्याइराखेको छ । मलाइ त्यो मन पर्दैन । यस्तो रोकिनुपर्छ ।’ तेस्रो पटकको रूसी हवाई आक्रमणबाट पाँच स्थानलाइ टार्गेट गरिएको युक्रेनी सेनाले जनाएपनि सैन्य संरचनामा क्षतिको विवरण आइसकेको छैन् । युक्रेनी सरकारी अधिकारीहरुलाइ उदृत गर्दै पश्चिमी युक्रेनमा आवासीय भवनहरू र औद्योगिक संरचनाहरूमा क्षति पुगेको उल्लेख गरेको छ ।
