जनयुद्धमा थोरै मान्छे मारिएको बताएपछि बाबुरामलाई द्वन्द्वपीडितले झपारे, सोधे- के अझै मारिनुपर्थ्यो ?

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

तत्कालीन सशस्त्र माओवादी जनयुद्धको नेतृत्व गरेकामध्येका एक नेता डा. बाबुराम भट्टराईले जनयुद्धमा थोरै मान्छे मारिएको अभिव्यक्ति दिएपछि विवाद उत्पन्न भएको छ।

आज काठमाडौंमा नेपाल मानवअधिकार सङ्गठनद्वारा आयोजित ‘मानव अधिकार र लोकतन्त्रमा सङ्क्रमणकालीन न्यायको असर’ विषयक नागरिकस्तरीय छलफलमा भट्टरराई वक्ताका रूपमा उस्थपित थिए।

बोल्ने क्रममा भट्टराईले अरु देशको तुलनामा नेपालमा माओवादी जनयुद्धमा थोरै मान्छे मारिएको अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिको प्रतिवाद गर्दै द्वन्द्वपीडितहरूले सोधेका छन्, ‘के अझै मान्छे मारिनुपर्थ्यो ? १७ हजार कम भयो ?’

भट्टराईको अभिव्यक्तिका प्रति एक द्वन्द्वपीडित उठेर त्यसको प्रतिवाद गरे। प्रधानमन्त्री भइसकेको व्यक्तिले त्यस्तो अभिव्यक्ति दिन नहुने उल्लेख गर्दै उनले भने, ‘तपाईंले अरुतिर धेरै मानिस मरेको भन्नुभयो, के नेपालमा अझै मान्छे मर्नुपर्थ्यो भन्नुभएको हो ? पूर्वप्रधानमन्त्रीले बोलेको यही हो ? जिम्मेवारी नलिने तपाईंले ? घोर आपत्ति छ। पूर्वप्रधानमन्त्रीले दिएको अभिव्यक्ति यही हो ?’

भट्टराईले उनलाई थम्थमाउन खोजे तर, सकेनन्। ती द्वन्द्वपीडितले अभिव्यक्तिप्रति घोर आपत्ति छ भनेपछि भट्टराई उठेर कार्यक्रम स्थलबाट बाहिरिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *