कपिलवस्तुमा ३० किलोको अजिङ्गर

मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेली शान्ति चोकमा अन्जिङगर फेला परेको छ। स्थानीय रामचन्द्र थारुको घरमा ३० किलोभन्दा बढी तौलको अजिङ्गर  फेला परेको हो।

अजिङ्गर हेर्न स्थानीयबासीको भीड लाग्याे, स्थानीयले अजिङ्गरबारे जानकारी गराएपछि डिभिजन वन कार्यालयका वन संरक्षक तथा सर्प उद्धार टोलीले उद्धार गरेको छ। कार्यालयबाट सुरेन्द्र बहादुर क्षेत्रीको अगुवाइमा अजिङ्गरको उद्धार गरिएको हो।

उक्त अजिङ्गरको उद्धार गरी तिलौराकोट साझेदारी वनको तिवारी फायर लाइन तथा कुन्द्रा खोलाको छेउमा छाडिएको डिभिजन वन कार्यालय कपिलवस्तु वरिष्ठ वन अधिकृत शिवनन्दन शाहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *