आज बागमतीसहित यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार आज का लागि मौसम जानकारी गराएको छ। महाशाखाले पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न प्रदेशमा मौसम प्रभावित हुने जनाइएको छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा दिउँसो र राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी र तराई क्षेत्रमा पनि बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

मधेश र लुम्बिनी प्रदेशमा दिउँसो र राति तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ। लुम्बिनीको हिमाली क्षेत्रमा बदली रहने र पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना छ।

कर्णाली प्रदेशमा भने दिउँसो र राति हिमाली क्षेत्रमा बदली रहने र पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। महाशाखाले वर्षा, हिमपात र चट्याङका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *