युवालाई रोक्न नसके नेपाल वृद्धाश्रम बन्छ : सांसद थकाली

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाली कांग्रेसका युवा नेता एवम् मुस्ताङका प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले युवालाई देशमा रोक्न नसके नेपाली समाज वृद्धाश्रममा परिणत हुने जोखिम रहेको बताएका  छन्।  ल

हामीले नेपालमा केही हुन्छ भन्ने विश्वासको वातावरण बनाउनुपर्छ। विदेश पलायन भइरहेका युवालाई रोक्न नीतिगत सुधार आवश्यक छ। युवालाई देशमा रोक्ने स्पष्ट प्रतिबद्धता नभए आगामी दिनमा नेपाली समाज वृद्धाश्रममा परिणत हुने देखिएको छ।’’ भाषणले देश नबन्ने दाबी गर्दै सांसद थकालीले समृद्धिको आधारमा राज्य प्रष्ट हुनुपर्नेमा जोड दिए ।

उनले देश विकासका लागि कृषि क्रान्ति आवश्यक रहेको  बताउदै छिमेकी मुलुक भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभए पनि कृषिमा युवाको आकर्षण बढाउन र रोजगारी सिर्जना गर्न कृषि क्रान्ति आवश्यक रहेकाे बताए ।

पर्यटन र होटेल व्यवसाय हुँदै राजनीतिमा सक्रिय थकाली  मुस्ताङबाट प्रत्यक्ष निर्वाचित सांसद हुन ।    २०७९ सालमा सम्पन्न सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको निर्वाचनमा थकालीले नेपाली कांग्रेसको तर्फबाट विजयी भएका हुन ।    उनि  प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सदस्य हुन ।

प्रतिनिधि सभामा सबैभन्दा कम उमेरको सांसदका रूपमा परिचित गौचन भर्खरै एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपिपिडी)को युवा समितिको अध्यक्ष निर्वाचित भएका छन् । यसले उनिलाई नेपालसँगै एसियामै युवा सांसदका रूपमा परिचित गराएको छ। एएफपीपीडी एसिया- प्रशान्त र मध्य एसियाका सांसदहरू मिलेर बनेको एक क्षेत्रीय सञ्जाल हो। जसले महिला, बालबालिका, युवा र वृद्धजस्ता कमजोर समूहको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवर्धन गर्ने उद्देश्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *