रूस संयुक्त राज्य अमेरिका र युक्रेनले प्रस्ताव गरेको ३० दिने युद्धविराम योजनाको पक्षमा रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । पुटिनले भ्रमणमा रहेका बेलारुसी राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोसँगको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन ।
शत्रुता रोक्ने प्रस्तावहरूसँग सहमत रहेको तर युद्धविराम दीर्घकालीन शान्तिका लागि नेतृत्व गर्ने र यस सङ्कटको मूल कारणलाई हटाउने गरी हुनुपर्ने बताउदै पुटिनले द्वन्द्वको २ हजार किलोमिटर सम्पर्क रेखामा युद्धविराम उल्लङ्घनको निगरानीमा कठिनाइ भएको उल्लेख गरे ।
युक्रेनले परिचालन र हतियार आपूर्तिका लागि अस्थायी युद्धविराम प्रयोग गर्नसक्ने मुद्दा उठाउदै उनले कुस्र क्षेत्रको बारेमा शूक्ष्मता उल्लेख गर्नु पर्ने मा जाेड दिए। जहाँ रूसी सेनाले अगस्ट २०२४ मा सीमापार आक्रमण गरेपछि युक्रेनी सेनालाई पराजित गर्दैआएको छ ।
