गाजामा भाेलिदेखी लागु हुने गरी भएकाे युद्धविराम सम्झौताको नेपालद्वारा स्वागत

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

गाजापट्टीमा भाेलिदेखि लागु हुने गरी भएकाे युद्ध विरामसम्बन्धी सम्झौताको नेपाल सरकारले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै  ‘गाजामा बन्धकहरूको रिहाइ र युद्धविराम  सम्झौता’को  स्वागत गरेको हो । मन्त्रालयले अक्टोबर ७, २०२३ देखि मध्यपूर्वमा भइरहेका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको पनि जनाएको छ ।

‘हामी हालैको युद्धविराम सम्झौतासम्बन्धी घोषणाको स्वागत गर्दछौँ । हामी आशा गर्छौं कि यसले गाजाका जनतालाई मानवीय सहायताको निर्बाध आपूर्ति सुनिश्चित गर्दै सम्बन्धित पक्षहरूलाई दिगो शान्ति र स्थायित्वको बाटोमा डोऱ्याउनेछ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीसहित सबै बन्धकहरूको रिहाइको लागि निरन्तर आग्रह गर्दै आएको उल्लेखसहित मन्त्रालयले अहिलेको महत्त्वपूर्ण सम्झौता गराउन मध्यस्थतामा संलग्न सबैको प्रयासप्रति आभार प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *