डा. गोविन्द केसी र वार्ता टोलीबिच भेट, औपचारिक वार्ता भोलि

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अनशनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीका सदस्य एवम् शिक्षा सचिव चूडामणि पौडेलबिच शनिबार शिष्टाचार भेटघाट भएको छ ।

केसीका सहयोगी डा. अमृत जैसीका अनुसार अस्पतालमा उपचाररत डा. केसीलाई भेट्न शिक्षा सचिव पौडेल आफैँ पुगेका थिए  । भेटमा सचिव पौडेलले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै सरकारका तर्फबाट सद्भाव व्यक्त गरेका थिए ।

सरकारी वार्ता टोलीका अन्य सदस्यहरू काठमाडौँ बाहिर वा व्यस्त रहेकाले आज औपचारिक वार्ता भने हुन सकेन । वार्ता टोलीका बाँकी सदस्यहरू उपस्थित भएपछि भोलिदेखि औपचारिक वार्ता सुरु गर्ने गरी दुवै पक्षबिच सहमति बताइएकाे छ ।

​चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न माग राख्दै डा. केसी विगत तीन दिनदेखि आमरण अनशनमा छन्। भोलि हुने वार्ताले उनका माग सम्बोधन गर्दै अनशन अन्त्य गराउन सकारात्मक निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *