गणेश नेपाली मृत्यु प्रकरण: छानबिनका लागि पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा समिति गठन

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

समितिमा पूर्वसहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्वसहसचिव रामुराज कडरिया सदस्य रहेका छन्। बैठकले समितिलाई सात दिनभित्र घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ।

नेपालीको गत असार २६ गते वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारका क्रममा निधन भएको थियो। उनकाे  निधनपछि नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबिच नौबुँदे सहमति भएको थियो। सहमतिको पहिलो बुँदामा उल्लेख भएअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी मन्त्रिपरिषद्ले सो छानबिन समिति गठन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *