के भारत गृहयुुध्दकाे संघारमा पुगेकाे हाे ?

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सधै छिमेकीलाइ दवाइ राख्ने तथा छिमेकमा अस्थिरता रूचाउने भारत हाल बिधार्थी आन्दोलनका कारण अशान्त छ । शिक्षामन्त्री धिरेन्द्र प्रधानको राजिनामा माग्दै आन्दोलन शुरू भएतापनि हाल देशका अन्य शहर पटना,वनारस,लखनउ लगायतका शहरहरू मा समेत आन्दोलन बिस्तार भएको छ भने काग्रेस आइले आन्दोलनको नाममा आफ्नो स्वार्थ सिध्दीका लागी बिधार्थीहरूलाइ उत्तेजितपार्ने कार्यहरूगर्दै आइरहेकोछ

दिनेश शर्मा,लुइटेल

आन्दोलनका दौरान प्रधानमन्त्री नरेन्द्र मोदी समर्थित दल भारतीय जनतापार्टी र बिशेष गरेर बिरोधी दल काग्रेस आइ आमने सामने भएका छन र कार्यकर्ता बिच झडपहरू समेत हुन थालेका छन । यसवाट के आशंका गर्न थालिएको छ भने के भारत गृह युध्दको संघारमा पुगेको हो ?

जेनजी आन्दोलन सर्वप्रथम श्रीलंका, वंगलादेश र नेपाल हुदै हाल भारत पसेको आभाष हुन थालेको छ । भारतमा हाल देखिएको यो आन्दोलन को चाडै समाधान खोजिएन भने यसले भारतको राजनितिमा दुरगामी प्रभाव पार्ने निश्चित छ ।  आन्दोलनको रापले सधै अशान्त रहने मणीपुर , जम्मु कश्मिर लगायतका स्थानमा पनि प्रवेश गरेको खण्डमा भारत बिखण्डन हुने हतियारको केन्द्रबिन्दुमा पुग्न बेर लाउदैन भन्ने आकंलन गर्न थालिएको छ । क्रमिक रूपमा आन्दोलनलाइ बर्गीकरण निम्नानुसार गर्न सकिन्छः

अदालतको टिप्पणीबाट आन्दोलनको सुरुआत

आन्दोलनको पृष्ठभूमिमा चिकित्सा कलेज तथा सरकारी सेवाका प्रवेश परीक्षामा प्रश्नपत्र चुहावटका घटनाप्रति बढ्दो जनआक्रोश रहेको छ । बारम्बार परीक्षा रद्द वा पुनः सञ्चालन गर्नुपर्दा लाखौँ विद्यार्थी प्रभावित भएका छन् ।

मे महिनामा सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्तले एक सुनुवाइका क्रममा केही बेरोजगार युवालाई ‘कक्रोच’सँग तुलना गर्नुभएपछि त्यसको सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको थियो । त्यसपछि बोस्टन विश्वविद्यालयका विद्यार्थी अभिजित दिपकेले ‘कक्रोच पिपुल्स पार्टी (सीजेपी)’ गठन गरेका थिए ।

धेरै युवाले ‘कक्रोच’लाई दृढता र संघर्षको प्रतीकका रूपमा अपनाए । सामाजिक सञ्जालमार्फत अभियान तीव्र गतिमा फैलिँदै लाखौँ समर्थक जोडिए । समर्थकहरूले बेरोजगारी, सीमित रोजगारीका अवसर र आर्थिक दबाबमा सरकारको आलोचना गर्दै व्यंग्यात्मक सामग्री सार्वजनिक गर्न थाले ।

जुनमा दिपके भारत फर्किएपछि आन्दोलन सडकमा पनि विस्तार भयो । विभिन्न सहर र विश्वविद्यालयमा विरोध प्रदर्शन आयोजना गरियो भने नयाँ दिल्लीको जन्तर–मन्तर आन्दोलनको मुख्य केन्द्र बन्यो ।

शिक्षा सुधारदेखि सरकारी जवाफदेहितासम्म

आन्दोलनकारीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, परीक्षा प्रणालीमा सुधार तथा प्रश्नपत्र चुहावटसँग सम्बन्धित घटनाबाट प्रभावित विद्यार्थीका परिवारलाई क्षतिपूर्तिको माग गर्दै आएका छन् ।

पछिल्ला दिनमा आन्दोलन शिक्षा क्षेत्रका मुद्दाभन्दा बाहिर फैलिँदै सरकारी जवाफदेहिता, युवाको भविष्य, राजनीतिक नेतृत्व, न्यायपालिका र सञ्चारमाध्यमप्रतिको अविश्वासजस्ता विषयसँग जोडिएको छ ।

विद्यार्थीसँगै विभिन्न पेसाका व्यक्ति र परिवार पनि आन्दोलनमा सहभागी भएका छन् । आयोजकका अनुसार आन्दोलन स्वयंसेवकको सहयोग र सामाजिक सञ्जालमार्फत परिचालन भइरहेको छ ।

सरकारसँग बढ्दो टकराव

सुरुमा सरकारले आन्दोलनकारीसँग वार्ता गर्न अस्वीकार गरेको थियो । शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आन्दोलनकारी राष्ट्रहितविपरीत गतिविधिमा लागेको आरोप लगाउँदै परीक्षा पुनः सञ्चालन गरेर समस्या समाधान भइसकेको दाबी गरेका थिए ।

अहिले आन्दोलन चर्किँदै गएपछि सरकारी धारणा परिवर्तन हुन थालेको देखिएको छ । सोमबार संसद्तर्फ मार्च गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो । त्यसपछि सरकारका एक मन्त्रीले आन्दोलनका प्रतिनिधिसँग भेटवार्ता गरे पनि त्यसबाट विवाद समाधान हुन सकेन ।

मंगलबार विपक्षी नेता राहुल गान्धीले प्रधानमन्त्री निवासबाहिर धर्ना दिएपछि आन्दोलन राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुगेको छ ।

मोदी सरकारका लागि नयाँ चुनौती

विश्लेषकका अनुसार विद्यार्थी आन्दोलनका रूपमा सुरु भएको यो अभियान अहिले भारतका युवामा बढ्दो असन्तुष्टिको प्रतीक बनेको छ । दक्षिण एसियाका अन्य मुलुकमा झैँ भारतमा पनि सरकारविरोधी आन्दोलनमा युवाको भूमिका बढ्दै गएको संकेत यसले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *