शङ्कास्पद गाडी तेर्साएर गरिएको अवरोध प्रयासको विषय संसदमा उठ्यो

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रतिनिधि सभा बैठकमा शङ्कास्पद गाडी तेर्साएर गरिएको अवरोध प्रयासको विषय उठेको छ ।आजको बैठकमा बोल्दै एमाले सांसद गणेश सिंह ठगुन्नाले मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको निवास तथा कार्यालय अगाडि मानसिक त्रास फैलाउने कार्य भएको भन्दै विरोध गरे ।

हेर्दा यो साङ्केतिक रूपमा सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डले तन्त्रले फैसलाको राज्य आतंकको सुरुवातको झझल्को जस्तै महसुस भएकाे उनले बताए । सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने उनकाे माग छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *