मकवानपुरको इन्द्रसरोबर स्थित सिमखोलाले बगाएको स्कुटर फेला परेको छ । सोमबार दिउँसो काठमाडौँबाट हेटौँडा तर्फ आउने क्रममा कुलेखानी ड्याम मुनिको सिमखोलाको बाढीले बगाएर हराएको उक्त स्कुटर फेला परेको हो ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको भीमफेदी कुलेखानी काठमाडौँ मार्ग अन्तर्गत इन्द्रसरोबर–२ मा अवस्थित सिमखोलाको लच्कामा आएको बाढीकाे उच्च बहावले स्कुटर बगाएको थियो ।
सडकबाट करिब २०० मिटर मुनि खोलामा बिहान १० बजेको समयमा स्कुटर फेला परेको प्रहरीले जनाएको छ । बा.प्र. ०२–०३२ च ८०५४ नम्बरको होण्डाको एभीएटर स्कुटर पेला परेर निकालिएको छ । उक्त स्कुटर चालक भने अझै बेपत्ता रहेका छन् । स्कुटर कसको नाममा छ भन्ने बारे बुझ्ने काम भइरहेको छ ।
