जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक लगाएको छ। सोमबार साँझ सूचना जारी गर्दै सो सडक खण्डमा सवारी आवागमनमा रोक लगाउने जानकारी दिएको छ ।
र भएको भारी वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएको र जसका कारण सडक अवरुद्ध भएकाे हुदा अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा सडक सन्चालनमा राेक लगाइएको हो ।
‘लगातार भएको भारी वर्षाको कारण नारायणगढ मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्ध हुन पुगेको हुँदा यो सडकखण्ड भएर चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमन अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्ण रूपमा रोक लगाइएको छ’, जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेकाे सूचनामा उल्लेख गरिएकाे छ ।
