सर्लाहीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास, अवस्था चिन्ताजनक

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सर्लाहीको गोडैतामा शुक्रबार एकजनाले शरीरमा पेट्रोल खन्याएर आत्महत्याको प्रयास गरेका छन् । उनको अवस्था गम्भीर छ ।गोडैता-१० का ४२ वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रहरीका डीएसपी बेदप्रसाद गौतमका अनुसार आगोले मण्डलको शरीरका अधिकांश भाग जलेको छ ।

मण्डलको मलंगवा अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए ।

बिहीबार काठमाडौंमा आफ्नै शरीरमा पेट्रोल छर्केर मुगुका गणेश नेपालीले आत्मदाह प्रयास गरेकाेमा  उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा निधन भैसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *