ललितपुरमा एक युवकको कुटेर हत्या भएको छ। बुधबार ग्वार्काेस्थित एक ग्यारेजमा महालक्ष्मी नगरपालिका– ४ का अशोक सुवेदीको हत्या भएको हो।
हत्यापछि फरार भएका रामेछापको तामाकोशी घर भएका २६ वर्षीय गणेश मगर र ललितपुरको गोदावरी घर भएका २६ वर्षीय मनोज दहाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ।
चोरी गर्न आएको आरोप लगाएर उनीहरूले निर्घात रूपमा कुटेर भागेका थिए। उपचारको क्रममा सुवेदीको किस्ट अस्पतालमा मृत्यु भएको हो। पक्राउ परेका उपर प्रहरीवृत्त सातदोबाटोले कर्तव्य ज्यान मुद्दामा पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद लिएको छ।
