अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक १.१३ अंकले घटेर २,६१०.६८ बिन्दुमा कायम भएको हो।
नेप्सेका अनुसार ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५८ अंकले घटेर ४५३.६० बिन्दुमा पुगेको छ। फ्लोट परिसूचक ०.१५ अंकले बढेर १७८.५२ बिन्दुमा पुगेको भने सेन्सेटिभ फ्लोट परिसूचक ०.१९ अंकले घटेर १५३.४७ बिन्दुमा कायम भएको छ।
आज विभिन्न कम्पनीका १ करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर ६ अर्ब ८६ करोड ७ लाख १८ हजार ६५८ रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक घट्दा ६ उपसमूहमा वृद्धि भएको छ। आज १२० कम्पनीको सेयर मूल्य बढेको, १३५ कम्पनीको घटेको तथा बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छ।
सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कुमारी इक्विटी फण्ड र कालंगा हाइड्रो कम्पनी रहेका छन्। यस्तै, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआईबिएल स्टेबल फन्ड र सिटिजन बैंक डिबेञ्चरका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्।
