अहिले काठमाडौंको माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ । मुगुका गणेश नेपालीको मृत्युको घटनापछि बिरोध गर्दै रहेका प्रदर्शनकारी वीर अस्पतालतर्फ जानेक्रममा प्रहरीले माइतीघरमा रोकेपछि तनावको स्थिति भएको छ ।
वैज्ञानिक समाजवादी विद्यार्थी, नेपाल जाति व्यवस्था उन्मूलन मोर्चा, नेपालको आयोजनामा सुकुम्बासीहरूको विस्थापन विरोधी विरोध प्रदर्शनमा थिए । त्यही समूहमा गणेश नेपालीको न्याय माग्दै आएका विद्यार्थी पनि सहभागी भएका छन् ।
त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । संयुक्त विद्यार्थी संगठनले सरकारकै कारण मुगुका गणेश नेपालीले मृत्युवरण गर्न बाध्य भएको, सुकुम्बासीमाथि गरिएको अन्यायपूर्ण विस्थापन, दमन र मानवअधिकार उल्लंघनको विरोधमा माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।
साभारःनागरिक दैनिक ।








