आजको विदेशी मुद्राको विनिमय दर

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ६६ पैसा र बिक्रीदर १५२ रुपियाँ २६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ २८ पैसा र बिक्रीदर १७३ रुपियाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपियाँ ८४ पैसा र बिक्रीदर २०३ रुपियाँ ६४ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८७ रुपियाँ ९० पैसा र बिक्रीदर १८८ रुपियाँ ६४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपियाँ ३० पैसा र बिक्रीदर १०५ रुपियाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ६८ पैसा र बिक्रीदर १०७ रुपियाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ३८ पैसा र बिक्रीदर ११७ रुपियाँ ८४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३६ पैसा र बिक्रीदर नौ रुपियाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ३२ पैसा र बिक्रीदर २२ रुपियाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ३९ पैसा र बिक्रीदर ४० रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ६० पैसा र बिक्रीदर ४१ रुपियाँ ७७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५५ पैसा र बिक्रीदर चार रुपियाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ २९ पैसा र बिक्रीदर ४१ रुपियाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ९८ पैसा र बिक्रीदर १० रुपियाँ ०२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७० पैसा र बिक्रीदर १५ रुपियाँ ७७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १८ पैसा र बिक्रीदर २३ रुपियाँ २७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३४ पैसा र बिक्रीदर १९ रुपियाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपियाँ ०४ पैसा र बिक्रीदर ४९४ रुपियाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपियाँ २९ पैसा र बिक्रीदर ४०३ रुपियाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपियाँ ९३ पैसा र बिक्रीदर ३९५ रुपियाँ ४९ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *