दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लाग्दा बङ्गलाचुली गाउँपालिका–२ मर्पेस निवासी २६ वर्षीया दिपा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।
प्रहरिका अनुसार घाइते थापाको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। शनिवार धान रोपिरहेका बेला परेको चट्याङबाट बङगलाचुली गाउँपालिका–२ मर्पेस, २६ वर्षीया दिपा थापासंगै २९ वर्षीया कमला थापा र २४ वर्षीय सन्दीप विक घाइते भएका थिए ।
प्रहरीका अनुसार घाइतेमध्ये कमलाको अवस्था गम्भीर रहेको छ भने सन्दीपको अवस्था मध्यम रहेको छ। उनिहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
