बोस्नियाको सामना गर्दै अमेरिका

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सह–आयोजक अमेरिकाले विश्वकप २०२६ को अन्तिम ३२ को चरणमा आज बिहीबार बोस्निया एन्ड हर्जगोभिनाको सामना गर्दैछ । खेल सान फ्रान्सिस्को बे एरिया स्टेडियममा हुँदैछ । अमेरिका लगातार चौथो पटक विश्वकपको नकआउट चरणमा खेल्दैछ ।

तर अमेरिकालाई लगातार चौथो पटक नकआउट चरणको पहिलो खेलमै हार बेहोर्ने डर पनि रहने छ । लिग चरणमा अमेरिकाले समूह ‘डी’को विजेता बन्दै यस चरणमा प्रवेश गरेको थियो । अमेरिकाले पाराग्वेलाई ४–१ ले हराएयता दोस्रो खेलमा अस्ट्रेलियालाई २–० ले पन्छाएको थियो ।

लिग चरणको अन्तिम खेलमा भने टर्कीसँग ३–२ ले पराजित रह्यो । बोस्निया भने समूह ‘बी’को तेस्रो स्थानमा रहेर नकआउट चरण पुगेको हो । क्यानाडासँग पहिलो खेल १–१ को बराबरी खेलेपछि दोस्रोमा स्विटजरल्यान्डविरुद्धको खेल ४–१ ले गुमाएको थियो ।

अन्तिम खेलमा भने कतारलाई ३–१ ले हराउन सफल रहेको थियो । बोस्निया विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरणमा खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *