अमेरिका र इरानबीच दोहामा आज बैठक हुँदै, यी हुन् छलफलका विषय

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज मंगलबार इरानसँग कतारको राजधानी दोहामा बैठक हुने दाबी गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमार्फत उक्त कुराको जानकारी दिएका हुन्। इरानले भोलि दोहामा हुने बैठकको लागि अनुरोध गरेको छ,’ ट्रम्पले लेखे।

यसअघि एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका थिए।

बीबीसी फारसीका अनुसार एक अमेरिकी अधिकारीले समाचार एजेन्सी एएफपीलाई पठाएको इमेलमा लेखेका छन्, ‘सम्झौताका सबै पक्षहरूमा प्राविधिक छलफल जारी रहनेछ। दुवै पक्षले तत्काल तनाव बढाउने छैनन् र जहाजहरूलाई स्वतन्त्र रूपमा आवतजावत गर्न अनुमति दिइनेछ।’सैन्य आक्रमणका कारण हालैका दिनहरूमा इरान र अमेरिकाबीच तनाव बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *