राजनैतिक दुष्परिणामका कारणाले शुरूभएकाे बैदेशिक राेजगारीकाे बाध्यताःदैनिक चार नेपालीको गुम्छ ज्यान

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

‘जाँदा आकाशमा र फर्कंदा बाकसमा’ चर्चित यो गीतले भनेझैँ वैदेशिक रोजगारीमा गएका नेपाली युवा मृत अवस्थामा बन्द बाकसमा फर्कनेक्रम चिन्ताजनक देखिएको छ । घरपरिवार चलाउने र आर्थिक अवस्था सुधार्ने सुन्दर सपना बोकेर बिदेसिएका युवा निर्जीव शरीर बनेर फर्कंदा उनीहरूका परिवारमा पर्ने पीडा हृदयविदारक छ । यस्तो पीडा दैनिक चार युवाको परिवारले भोग्ने गरेको तथ्याङ्कले देखाएको छ । राजनैतिक दुष्परिणामका कारणाले शुरूभएकाे बैदेशिक राेजगारीकाे बाध्यताः

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा एक हजार ४३८ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको मात्रै हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै छ ।

बोर्डका अनुसार मृतक परिवारका सदस्यले बोर्डको कल्याणकारी कोषबाट प्रतिव्यक्ति १० लाख रुपियाँ पाउने व्यवस्था छ । यो आर्थिक वर्षको मात्र बोर्डको कल्याणकारी कोषको १४ करोड ३८ लाख रुपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन् । पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको हो । तथ्याङ्क अनुसार दैनिक औसतमा चार वटा शव विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।

यसै गरी यो आर्थिक वर्षभित्र रोजगारीक्रममा विदेशमा विभिन्न कारणले अङ्गभङ्ग भएका ९६० श्रमिकले सात करोड ६० लाख रुपियाँ आर्थिक सहायता पाएको बोर्डले जनाएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ साउनदेखि चालु आवको जेठसम्म १६ हजार ३०० जनाले ज्यान गुमाएका छन् । यस अवधिमा साउदी अरब, कतार र मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । चालु आवको ११ महिनामा सात लाख २२ हजार ८४१ जना वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । उनिहरूले गएको वैशाखसम्म पठाएको विप्रेषण १९ खर्ब १६ अर्ब ९० करोड रुपियाँ भित्रिएको हिसाब भइरहेको छ ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक चन्द्रबहादुर शिवाकोटीले मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता लिनेको सङ्ख्या वृद्धि भएको जानकारी दिदै भने बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइनमार्फत गरेसँगै सेवाग्राही सङ्ख्या बढेर सहयोग रकम पनि बढेको छ ।

रोजगारीका लागि विदेश जाने १८ देखि ४५ वर्ष उमेर समूहको मृत्युदरलाई आधार मानेर नेपालमा सोही उमेर समूहका कति युवाको मृत्यु हुने गरेको छ भन्ने अध्ययन भएको छैन । नेपालमा रहँदा सो उमेर समूहमा हुने मृत्यु र विदेशमा हुने मृत्युको अध्ययन हुन सके विदेशमा हुने मृत्युका कारण र स्वास्थ्य परीक्षण मापदण्ड सम्बन्धमा जानकारी हुन सक्ने विज्ञहरूले बताउँदै आएका छन् ।

श्रम तथा आप्रवासनविज्ञ रामेश्वर नेपालले हाल विदेशमा मृत्यु भएका श्रमिकको तथ्याङ्क स्वाभाविक नभएको बताउछन्। विगत पाँच वर्षयता रोजगारीक्रममा मृत्यु भई आर्थिक सहायता लिने बढ्दै गएको बोर्डले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।  वैदेशिक रोजगारीक्रममा अधिकांशको मृत्यु कार्यस्थलको दुर्घटना र सडक दुर्घटना, सुतेकै ठाउँमा विविध कारणले हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *