समूह ए को विजेताको रुपमा मेक्सिको र उपविजेता बन्दै दक्षिण अफ्रिका नकआउटमा

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

फिफा विश्वकप २०२६ को समूह ए को खेल सकिएको छ। समूह ए को विजेताको रुपमा मेक्सिकोले नकआउट खेल्नेछ।

मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले चेक रिपब्लिकलाई ३–० ले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा मेक्सिकोले दोस्रो हाफमा नै निर्णायक गोल निकाल्यो। मेक्सिकोको लागि खेलको ५५ औं मिनेटमा मातेओ चाभेजले गोल गरेका हुन्। ६१ औं मिनेटमा मेक्सिकोको अग्रता दोब्बर भयो।

मेक्सिकोको लागि जुलियन क्विनिओनसले गोल गरे। निर्धारित ९० मिनेटको खेलमा थप गरिएको ६ मिनेटको समयको चौथो मिनेटमा मेक्सिकोका अल्भारो फिडाल्गोले गोल गर्दै मेक्सिकोको लागि तेस्रो गोल गरे।  समूह ए को अन्तिम खेलको रुपमा रहेको दक्षिण अफ्रिका र दक्षिण कोरियाको खेलमा कोरियालाई १–० ले हराउँदै दक्षिण अफ्रिका फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणमा प्रवेश गर्यो।

चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिका पहिलोपटक समूह चरण पार गरेको हो । सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेको दक्षिण अफ्रिकाले समूह चरण पार गर्न सकेको थिएन । स्टाडियो मोन्टेरेमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६३ औं मिनेटमा थापेलो मासेकोले गोल गरेका हुन्। यहि गोल निर्णायक बन्यो।

यससँगै समूह ए, बी र सी बाट नकआउट खेल्ने शिर्ष २ टोलीहरुको टुंगो लागेको छ। समूह ए बाट मेक्सिको र दक्षिण अफ्रिका नकआउटमा छनोट भए। समूह बी बाट विजेताको रुपमा स्विट्जरल्यान्ड र उपविजेता बन्दै क्यानडा नकआउटमा प्रवेश गरेका हुन् । समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *