रेविज खोप अभाव छैन्नः स्वास्थ्य मन्त्रालय

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविज विरुद्धको खोपको अभाव नभएको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले रेविज विरुद्धको खोप अभाव नभएको जानकारि दिएका छन् ।

उनले सरकारसँग प्रर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालका रहेको बताउदै भने  “हामीसँगै धेरै मात्रामा खोप छैन । बिरामीलाई आकस्मिक रूपमा लगाउनका लागि खोप बाकी रहेकाे साथै चाँडै नै टेण्डर प्रक्रियाबाट खोप आउँदै पनि छ ।”

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले नयाँ पाँच हजार भाइल खोप ल्याउनका लागि टेण्डर आह्वान भइसकेको जानकारी गराउदै गत माघ, चैत र जेठमा तीन पटक टेण्डर आह्वान गरेर नआएपछि पुनः टेण्डर गरेर खोप ल्याउने प्रक्रिया सुरु गरिएको बताए  ।

कुकुर, बिरालो र बाँदरजस्ता जनावरले टोकेपछि रेविज विरुद्धको खोप लगाउनुपर्दछ । उनका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दुई तीन दिनभित्र चार हजार ५०० भाइल खोप उपलब्ध गराउने बताए  ।

केही समयअघि मात्र आकस्मिक उपचारका लागि डब्लुएचओले पाँच हजार भाइल खोप उपलब्ध गराएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले अस्पतालमा आउने बिरामीलाई रेविज विरुद्धको खोप लगाइरहेको बताए  ।

“अस्पतालमा रेविज विरुद्धको खोप लगाउने आउने सबै बिरामीलाई हामीले खोप लगाइरहेका छौँ”, उनले भाे , “हाम्रो अस्पतालमा रेविज विरुद्धको खोपको अभाव छैन ।” उनका अनुसार अस्पतालमा दैनिक १८० जना रेविज विरुद्धको खोप लगाउने आउने गर्दछन् ।

अस्पतालका मेडिकल अभिलेख शाखा प्रमुख समीरकुमार अधिकारी का अनुसार चालु  आर्थिक वर्षमा मात्र ५५ हजार ७५९ जना बिरामीलाई रेविज विरुद्धको खोप लगाइएको छ ।

आव २०८०/८१ मा ६३ हजार ८१५ जना, आर्थिक वर्ष २०८१/८२ मा ४७ हजार ५८६ जनालाई रेविज विरुद्धको खोप लगाइएको थियाे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *