काठमाडौंका खोला किनार : पहिले र अहिलेको दृश्य

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सरकारले वैशाख १२ गतेबाट काठमाडौंमा रहेका थापाथली, गैरीगाउँ, सिनामंगल, शान्तिनगर, शंखमूल, मनोहरा खोला, बल्खु र वंशीघाटस्थित किनारका सुकुमवासी बस्ती भत्काउन सुरू गरेको थियो । अहिले ती ठाउँ खाली भएका छन् । सरकारले ती ठाउँमा पार्क बनाउने जनाएको छ ।

विस्थापितहरूलाई सरकारले काठमाडौं, भक्तपुर र काभ्रेमा गरी ७ ठाउँमा होल्डिङ सेन्टर तोकेको छ ।

बालाजुस्थित माछापोखरी लजमा ८७ घरका २ सय ९४, राधास्वामी आश्रम कीर्तिपुरस्थित ६५ घरमा २ सय ७७ र भक्तपुर खरिपाटीस्थित विद्युत् तालिम केन्द्रमा ९९ घरका ३ सय ५५ जना छन् ।

भक्तपुर बोडेस्थित कृषि तालिम केन्द्रमा २४ घरमा १ सय १५, नगरकोटस्थित खानेपानी तालिम केन्द्रमा २१ घरका ८०, बनेपास्थित रेडक्रसमा ४५ घरका १ सय ९५ र इचंगुनारायण अपार्टमेन्टमा ४७ घरका १ सय ७२ जना छन् ।

सिनामंगलस्थित बागमती किनारको पहिले र अहिलेको दृश्य

मनोहरा किनारको पहिले र अहिलेको दृश्य

शंखमूलस्थित बागमती किनारको पहिले र अहिलेको दृश्य

 थापाथलीस्थित बागमती नदी किनारको पहिले र अहिलेको दृश्य 

बल्खुस्थित बागमती नदी किनारको पहिले र अहिलेको दृश्य 

 टेकुस्थित वंशीघाटको पहिले र अहिलेको दृश्य

 साभारःकान्तिपुर दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *