कलाकार प्रदिप खड्का विश्वकप फुटबल हेर्न क्यानडा पुगेका छन्। पछिल्लो केही दिनदेखि क्यानडाको विभिन्न सहरमा रहेका उनले इन्टाग्राममा राष्ट्रिय झण्डासहितको आफ्नो तस्बिर पोष्ट गरेका छन्।
अभिनेत्री दिब्या रायमाझीसहित त्यहाँ पुगेका कलाकार खड्काले राष्ट्रिय झण्डा फहराउँदै खेलमा भएको गोलको मज्जा पनि लिएका छन् ।
पेय पदार्थ कोका–कोलाको ब्राण्ड एम्बासडरका रुपमा विश्वकपमा नेपाली सेलिब्रेटी दर्शकको रुपमा सहभागी भएका हुन्।
