पाकिस्तान नियन्त्रित काश्मिरमा बिहीबार सैनिक हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा २२ जना सैनिकको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । पाकिस्तान नियन्त्रित कश्मीरको मुजफ्फराबाद जिल्लामा बुधबार भएको दुर्घटनामा एक कर्णेल र दुई मेजर तथा अन्य १९ जना सैन्यकर्मीको मृत्यु भएको स्रोतले जनाएको छ ।
यसअघि इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर)ले जारी गरेको विज्ञप्तिमा हेलिकाेप्टरको उडानका क्रममा प्राविधिक खराबीका कारण दुर्घटना भएको थियो । “दुर्घटनाको वास्तविक प्राविधिक कारण पत्ता लगाउन छानविन समितिलाई आदेश दिइएको छ,” आइएसपिआरले भनेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले हेलिकाेप्टर दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । एएफपी
