एभरेष्ट प्लाई उद्योगमा आगलागी, पाँच करोड बराबरको क्षति

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपालगन्ज उपमहानगरपालिका –२१ नयाँ बस्तीमा रहेको एभरेष्ट प्लाई ढोका उद्योगमा भएको भिषण आगलागीबाट पाँच करोड रुपियाँ बरावरको क्षति भएको छ । उद्योगका सञ्चालक प्रकाश रानाले दिएको जानकारीअनुसार शुक्रवार दिउँसो लागेको आगो नियन्त्रण गर्ने धेरै प्रयास गरिए पनि शनिवार विहान मात्रै नियन्त्रणमा आएको थियो । सो आगलागिबाट उद्योगका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी ढोकाहरु जलेर खरानी भएको छ ।

उद्योगमा रहेका मेसिन, कच्चा पदार्थ तथा तयारी ढोकाहरु जलेर खरानी हुँदा पाँच करोडको क्षति पुगेको उद्योगका सञ्चालक रानाले बताए उनले आगलागीको यकिन कारण पत्ता नलागे पनि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताए  ।

जिल्ला प्रहरी कार्यालय बाँँकेका अनुसार शुक्रवार दिउँसो करिब ३ बजे सुरु भएको आगलागीले भिषण रुप लिएर बढ्दै जाँदा शनिवार विहान मात्र नियन्त्रणमा आएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरका अनुसार बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबाट आएका करिब एक दर्जन जति बारुण यन्त्र, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा धेरै बेरपछि आगलागी नियन्त्रणमा आएको थियो ।

उनले आगलागीको कारण र क्षति विवरण अझै पनि प्राप्त नभएको जनाउँदै उद्योगको अधिकांश भाग जलेर खरानी बनेको हुँदा क्षति विवरण संकलनको काम भइरहेको बताए  ।

उद्योगका तर्फबाट निवेदन प्राप्त भएपछि मुचुल्का गरिने जनाउँदै प्रहरी प्रवक्ता राठोरले आगलागिबाट ठुलो क्षति भएको बताउदै  उनले काठ उद्योग भएकाले आगो नियन्त्रण गर्न निकै कठिन भएको प्रष्ट पार्दै वरिपरि स्थानीयका घरहरु समेत रहेकोले केही घरहरु पनि खाली गराइएको बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *