भारत भ्रमणमा जाने नेपाल ‘ए’ टिम घोषणाः केरला, गोवा र ओडिसासँग खेल्ने

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

भारतमा आयोजना हुने ‘अल इन्डिया गोल्ड कप’ क्रिकेट प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको टोलीको कप्तानी अनिल साहले पाएका  छन्।

१४ सदस्यीय नेपाली टोलीमा युवा र राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका खेलाडीको  समेटिएका छन्। नेपाल ए टिममा मयन यादव, तिर्थराज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सर्राफ, दीपक डुम्रे, युवराज खत्री, बिपिन खत्री, ललित राजबंशी र अर्जुन कुमाल समेटिएका  छन्।

खेल तालिका

प्रतियोगिताको समूह चरणमा नेपाल ‘ए’ ले भारतका तीनवटा प्रान्तीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेल जेठ १६ गते केरलासँग खेल्नेछ । जेठ १७ गते दोस्रो खेल गोवा र जेठ १९ गते तेस्रो खेल ओडिसासँग खेल्दैछ ।

समूह चरणको नतिजाका आधारमा जेठ २१ गते क्वाटरफाइनल, जेठ २३ गते सेमिफाइनल र जेठ २४ गते फाइनल खेल हुने तालिका क्यानले सार्वजनिक गरेको छ। नेपाल ए टिम आगामी साता भारत प्रस्थान गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *