जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल चार प्रदेशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षा भइरहेको छ । मौसमविद् विभूति पोखरेलका अनुसार अहिले उपत्यकाका विभिन्न जिल्ला काठमाडौँ, ललितपुर, धुलिखेल लगायतका जिल्लाका विभिन्न स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षा भइरहेको छ ।
उनले भने , “बागमती, गण्डकी, मधेस, कोशी प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको अवस्था छ । गण्डकी प्रदेश र चितवनतिर मध्यमसम्मको वर्षा देखिएको छ । कर्णाली र लुम्बिनी प्रदेशका केहि स्थानमा पनि वर्षा भएको देखिन्छ ।”उनका अनुसार गएको २४ घण्टामा सोलुखुम्बुको लुममा १२४.२ मिलिलिटर वर्षा भएको छ ।
यसैगरी, भाेली आइतबार र पर्सी सोमबार कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने सम्भावना छ ।
भोलि मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ भने पर्सी गण्डकी, बागमती र मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।
