इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त्य गर्नु रहेको बताएको छ । “अहिले हाम्रो प्राथमिकता लेबनान लगायत सबै मोर्चामा युद्ध अन्त्य गर्नु हो,” विदेशमन्त्रालयका प्रवक्ता बाघाईले भने “तेहरानका मुख्य मार्गमा रोक्का गरिएको इरानी सम्पत्तिको फुकुवा, समुद्री मार्गमा कथित अवरोध हटाउने र इरानी जहाजलाई लक्षित गर्ने कारबाही बन्द गर्ने रहेका छन्,” ।
उनले भने , “तेहरानले सबै गम्भीरता र राम्रो विश्वासका साथ वार्ता गरिरहेको छ । तर अमेरिका पनि इमानदार हुनुपर्छ । विगत डेढ वर्षमा वाशिङ्गटनको इरानलाई हेर्ने नीति निकै अविवेकी छ, त्यसैले त्यहाँ गहिरो अविश्वास र वार्ताको वातावरण छ ,हाम्रो आँखा खुला छ र हाम्रो सेना पूर्णरूपमा सतर्क छ ।”
यसैबिच, इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नाक्वीसँग भेटवार्ता गरेका छन् । नाक्वी यसै साता दोस्रो पटक तेहरान पुगेका छन् । उनले इरानका राष्ट्रपति, आन्तरिक मामिलामन्त्रीसँग पनि भेटवार्ता गरेका छन् । आइएसएनएको रिपोर्टअनुसार राष्ट्रपति मसुद पेजेस्कियनले बैठकमा नक्वीसँग क्षेत्रीय अवस्था, अप्रत्यक्ष इरान–अमेरिका वार्ता र युद्ध अन्त्यका लागि भएको कूटनीतिक प्रयास बारेमा छलफल गरेका थिए । एएफपी
