विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेकपा एमालेको सचिवालय बैठकले पूर्वराष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीलाई पार्टी सदस्य दिने निर्णय गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

यसअघि एमालेमा भण्डारीको पार्टी सदस्यताका कारण विवाद उत्पन्न भएको थियो। जेनजी आन्दोलन र आम निर्वाचनपछि बदलिएको राजनीतिक परिस्थितिले एमाले नेतृत्वले भण्डारीलाई सदस्यता दिने निर्णयसम्म पुगेको बताइएको छ।

अर्को बैठक जेठ ८ गते बस्ने उपमहासचिव भट्टले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *