चोरी पछि पेरिसको लुभ्र संग्रहालय बन्द

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

आइतबार बिहान चोरी भएपछि पेरिसको लुभ्र संग्रहालय बन्द गरिएको छ।बीबीसी पेरिस संवाददाता ह्यु स्कोफिल्डका अनुसार फ्रान्सेली मिडियाले बिहान संग्रहालय खोल्ने बित्तिकै तीन नकाबधारी पुरुषले चोरी गरेका हुन्।

चोरहरू सामान लिफ्टमार्फत अपोलो ग्यालरीमा प्रवेश गरेको विश्वास गरिएको छ। यहाँ फ्रान्सको रत्नजडित मुकुट राखिएको छ। नौ वटा गरगहना चोरेर चोरहरू मोटर–स्कुटरमा भागेको उल्लेख छ। चोरी भएका सामानहरूको मूल्यांकन गरिदैछ।

लुभ्र संग्रहालयले एक्समा पोस्ट गर्दै केही विशेष कारणले गर्दा आज संग्रहालय बन्द रहने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *