नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राजनीतिक निकासका लागि पूर्वराजा सहितसँग छलफल गर्नुपर्ने आवश्यक रहेको बताएका छन् । श्रेष्ठले ललितपुरमा पत्रकार सम्मेलन गरी सबै पक्षको सहमति जुटाएर राजनीतिक निकास खोज्नुपर्ने बताएका हुन्। उनले सरकारले दलहरूलाई निषेध गर्ने नीति अपनाएको बताए ।
राजसंस्था, जेनजी आन्दोलनमा सहभागीहरू र फरक मत राख्ने सबै शक्तिको संवाद आवश्यक भएको बताउदै उनले भने ‘राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, जेनजी आन्दोलनका फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता छ’ ।
त्यस्तै श्रेष्ठले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचन हुनेमा शङ्का व्यक्त गरे।’अहिलेको परिस्थिति जटिल छ । जेनजीको नाममा भएको घटनाले सबैको मनमा डर छ। चुनाव हुन्छ हुन्न, अहिलेको परिस्थितिले शङ्का उत्पन्न भएको छ’ उनले भने ।
