आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा आज सरकारले शोक मनाउँदै छ । मृतकको सम्मानस्वरूप आज बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।

भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजीले भदौ २३ गते राजधानीमा प्रदर्शन गरेकाे थियाे  । साे  प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको घटना विरोधमा भदौ २४ गते मुलुकभर प्रदर्शन भएको थियो । दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७२ जनाको मृत्यु भयाे  भने सरकारी तथा निजी संरचनामाथि समेत आगजनी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *