आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक दिवस मनाउनेदेखि जाँचबुझ आयोग बनाउनेसम्म निर्णय गरेको छ । सुशीला कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनसँग सम्बन्धि निर्णयहरू गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार यस्ता छन् निर्णयहरू
१. जेनजी आन्दोलनकाक्रममा सहादतप्राप्त भएकालाई सहिद घोषणागर्ने ,२. असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने, सार्वजनिक बिदा दिने ३.आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मान सहित अन्तेष्टि गर्ने ,४. मृत्यु भएकाहरुको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपुर्ति र अन्य खर्च वापत ५ लाख दिने , ५.घाइतेहरुको निशुल्क उपचार गर्ने , ६.शव लैजानका लागि निशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने, दाहसंस्कारमा सघाउने ,७.आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानविन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरी त्यसको प्रतिवेदनका आधारमा कारबाही गर्ने ,८.सहादत प्राप्त गरेकाहरुको स्मरणमा जेनजी जागरण स्मारक पार्क बनाउने ,९.अघिल्लो मन्त्रिपरिषद्मा पेश भएका प्रस्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता गर्न ।
