लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको उपचारका क्रममा निधन

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ। उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज अन्तर्गत मनमोहन सेन्टरमा शनिबार उनको निधन भएको एमाले ले जनाएकाे छ।

पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो। अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अप्रेसन)गरिएको थियो। पहिलो अप्रेसनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन्।

दोस्रो अप्रेसनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो। उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य चुनिएकी थिइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *