यः मरी अभौतिक सांस्कृतिक सम्पदा सूचीमा

अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाल सरकारले नेवार समुदायको अनिवार्य परिकार य: मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गरेको छ । ललितपुर महानगरको संयोजन र सक्रियतामा ललितपुरका नेवार समुदायको अथक प्रयासपछि य:मरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गरेको हो ।

ललितपुरका नेवार समुदायले आवश्यक सबै प्रक्रिया पूरा गरी  प्रमाण पेस गरेपछि मूल्याङ्कन र सिफारिस समितिको सिफारिसपछि यःमरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गरेको संस्कृति, पर्यटन, नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

अभौतिक सम्पदाको सूचीकरणका लागि मन्त्रालयले गत वर्ष गरेको आह्वान अनुसार १०५ वटा आवेदन परेका थिए । अन्य आवेदनमा विधि र प्रक्रिया नपुगेका कारण  यो वर्ष यःमरी मात्रै सूचीकरणमा परेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ललितपुर महानगरपालिकाका १ देखि २९ वडाका नेवार समुदायले दिएको आवेदनलाई दुईवटा समितिले अध्ययन गरेर मन्त्रालयलाई दिएको सिफारिसका आधारमा यःमरीलाई गत साउन २३ गते अभौतिक सम्पदाको सूचीमा छनोट भएको हो ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विज्ञप्ति जारी गरेर यो प्रक्रियामा जुट्ने सबैलाई धन्यवाद दिएका  छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘‘नेवार समुदाय, विभिन्न खल पुच:लगायत सबै समुदायलाई धेरै धेरै धन्यवाद, सबैको अथक मिहेनत, सकारात्मक सोचका कारण नै यो काम सम्भव भएको हो ।’’

अभौतिक सम्पदा सूचीमा सूचीकृत यःमरीलाई विश्व अभौतिक सम्पदा सूचीमा सूचीकृत गर्न समेत सबैको साथ र सहयोगको महानगरले  अपेक्षा गरेको नगर प्रमुख महर्जनले बताए  ।

नेपाल भाषामा यःमरीको अर्थ मन पर्ने रोटी हो ।  पछिल्लो एक दशकमा नेवार समुदायले खाँदै आएको यःमरी पछिल्लो एक दशकमा काठमाडौंमा निकै चर्चित बनेको छ । यःमरी सुरुमा काभ्रे जिल्लाको पनौतीमा पकाइएको भन्ने किंवदन्तीहरूमा उल्लेख छ ।

एक किसान दम्पतीले काठमाण्डूदेखि पुगेका ज्वाइँलाई मिठो खुवाउन घरमा भएको चामलको पिठो र चाकु प्रयोग गरेर बनाएका र उनलाई मन परेको रोटी भएकाले यसलाई नेवारहरूले मन पर्ने रोटी’ भन्न थालेको किंवदन्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *