विषाक्त मदिरा सेवनबाट कुवेतमा १६ नेपालीको मृत्यु

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अति प्रज्वलनशील पदार्थ मेथानोल मिस्रित मदिरा सेवनबाट कुवेतमा १६ नेपाली कामदारको मृत्यु भएको छ। गत सातादेखि हालसम्म कुवेतको विभिन्न स्थानमा २३ जना आप्रवासी श्रमिकको मृत्युभएकोमा तीमध्ये १६ जना नेपाली रहेको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले जनाएको छ ।

अध्यक्ष एकराज मल्ल र सदस्य आङकाजी शेर्पाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १ सय ६० बढीको स्थानीय अस्पातलको सघन उपचार कक्षमा उपचारत भइरहेको जनाएका छन् ।

मध्यपूर्वीय आर्कषक श्रम गन्तब्य कुवेतमा मदिरा, लागुऔषध उत्पादन, ओसारपसार र बिक्रि वितरण पूर्णत: प्रतिबन्धित छ । बन्देजका बाबजुत नेपालीसहित मुख्यतः एशियाली मुलका नागरिकहरु सो प्रतिबन्धित कार्यमा संग्लग्न भएको पाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *